सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १८ वर्षीया किशोरी मृत फेला 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार ३०, ०६:२९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन्। भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने १८ वर्षीया अनिता नाथ घरमै मृत फेला परेकी हुन्।

बुधबार राति कटहर र मासु खाएर सुतेकी उनी बिहीबार विहान मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। उनका अनुसार किशोरीको फुड प्वाइजनका कारण मृत्यु भएको आशंका गरिएको छ। 

राति खाना खाइसकेपछि अनिताले वान्ता गरेको बुझिएको छ। उनको शव महाकाली अस्पतालमा परीक्षण गरिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस