कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतले २०७८।०९।०६ गतेको फैसलाले ३ महिना कैद सजाय ठहरी फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका हुन्।
जिल्लाको कञ्चनपुर बेलडाडी गाउँपालीका १ बस्ने दिपकसिहं ठकुराठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। कञ्चनपुर जिल्ला अदालतबाट उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ।