कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद
कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले अवैध सामान बरामद गरेको हो।
जिल्लाको शुक्लाफाँटा नगरपालिका १० झलारीस्थित भारतबाट भन्सार चोरी ल्याइएको वेवारिसे अवस्थामा रहेको १ लाख ७७ हजार ९०४ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। सामान बरामद गरी आवश्यक कारवाहीको लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाइएको प्रहरीले बताएको छ।