बाजुरामा बैंकका गार्डको बन्दुक खोस्ने प्रयास गरेपछि...(भिडिओसहित)
धनगढीः बाजुरामा एक बैंकका गार्डको बन्दुक खोस्ने प्रयास गरिएको छ। जिल्लाको कोल्टीस्थित राष्ट्रिय वाणिज्य बैंकका गार्डको बन्दुक खोस्ने प्रयास गरिएको हो।
बुधबार उक्त राष्ट्रिय वाणिज्य बैंकको कोल्टी शाखामा सेवाग्राहीको निकै बाक्लो भिड थियो। त्यही भिडबाट आएका एक मान्छेले बन्दुक खोस्ने प्रयास गरेको गार्डले बताएका छन्। तर, उनको प्रयास सफल नभएको उनले बताए।
त्यहाँ रहेका अन्य सेवाग्राहीहरुले बन्दुक खोस्ने मान्छेलाई रोकेका थिए। ती मान्छे मानसिक रुपमा अस्वस्थ रहेकाले त्यस्तो क्रियाकलाप गरेको बताइएको छ। यस्तै अचेल असार मसान्तका बेला सेवाग्राहीको संख्या बढेकाले गार्डलाइ व्यवस्थापन गर्न समेत सकस परिरहेको जनाइएको छ।