सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थतन्त्र सुधारको प्रयत्न जारी छः उद्योगमन्त्री

२०७९ असार २९, ०१:४८ खबर संवाददाता

धनगढीः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन्। बुधवार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदूत र निर्यात व्यवसायीबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताएका हुन्। 

उनले सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्न भइरहेको बताए। मन्त्री बडूले व्यापार घाटा बढ्दो रहेको उल्लेख गर्दै मुलुकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे। उनले सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताए।

कमेन्ट लोड गर्नुस