सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका सिडिओ फेरिए

२०७९ असार २८, ०५:२७ खबर संवाददाता

धनगढी: गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। कञ्चनपुरका सिडिओ रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट बाहिर निस्किएका छन्। उनलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो।

गृहले कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ। मन्त्रालयले गत शुक्रवार सिडिओ सरुवा गर्ने निर्णय गरेको थियोे। 
 

कमेन्ट लोड गर्नुस