सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुर्नवासमा तीर्थस्थल निर्माणार्थ ५० दिने महाअनुष्ठान हुने

२०७५ फाल्गुन १०, ०८:०५ जनक विष्ट

कञ्चनपुरको पुर्नवासमा तीर्थ स्थल निर्माणार्थ ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान सञ्चालन हुने भएको छ। पुर्नवास नगरपालिका वडा नम्बर ८ को पृथ्वीबस्थी स्थित क गाउँमा रहेको श्रीनिवास दिव्यधाममा भक्ति अनुष्ठान सञ्चालान हुने भएको हो। श्रीनिवास दिव्यधामका संस्थापक तथा संरक्षक स्वामी गोविन्दाचार्य दाहालको अगुवाईमा आउँदो फागुन २० गतेदेखी बैशाख ७ गते सम्म महाअनुष्ठान सञ्चालन हुने श्रीनिवास दिव्य धाम सेवा समितिले जनाएको छ।

महाअनुष्ठान अवधीभर श्रीनिवास दिव्य धाम रहेको स्थानमा तीर्थ स्थल निर्माण, मणिमय मण्डप, गरुडस्तम्भ लगायतका संरचना निर्माणका लागि ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, १०८ श्रीमद्भागवत महापुराण पारायण लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। श्रीनिवास दिव्यधामका संकल्पकर्ता एव्म संस्थापक स्वामी गोविन्दाचार्य दाहालको परिकल्पनामा दिव्यधामलाई तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यले ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान लाग्ने भएको हो। महाअनुष्ठानको फागुन २० परेको महाशिवरात्रीदेखी सुरु हुने महाअनुष्ठान आउदो बैशाख ७ गते सम्म चल्नेछ। महाअनुष्ठान अवधीभर ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, ५० दिन नै निरन्तर अर्चन, वन्दन, हवन, नाम संकीर्तन, १०८ श्रीमद्भगवान महापुराण पारायण, अन्तराष्ट्रिय विद्धत एवम सन्त सम्मेलन तथा सवा करोड दीप प्रज्जवलन लगायतका धार्मिक कार्यहरु हुने श्रीनिवास दिव्यधामका संकल्पकर्ता एव्म संस्थापक स्वामी गोविन्दाचार्य दाहालले जानकारी दिए। महाअनुष्ठानले धर्म संस्कृति संरक्षण, सम्बद्र्धन, राष्ट्रशान्ति, पावन दिव्यधाम विकास, पुण्यलाभ एवम पितृमोक्ष प्राप्त हुने विश्वास गरिएको छ।

यस्तै सामाजिक एकता, धार्मिक पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय प्रवद्र्धनमा समेत भुमिका खेल्ने अपेक्षा आयोजकको छ। एक बिघा १६ कठ्ठा क्षेत्रफलमा रहेको दिव्यधाम भविष्यमा ४४ दशमलव ४ फिट अग्लो मणिमय मण्डप, ५० फिट अग्लो दिव्य श्री राजगोपुरम विमान, ५० फिट अग्लो श्री भगवद्रथ, १ हजार ८ सहस्रधारा, तीर्थकुण्ड, पुष्पवाटिका, धर्मशाला, पुस्तकालय, योगशाला गौशाला लगायतका संरचना निर्माण गर्ने योजना बनाईएको छ। पहिलो पटक सञ्चालन हुन गईरहेको महाअनुष्ठानले सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। स्वामी गोविन्दाचार्य दाहालको परिकल्पना अनुसार भविष्यमा दिव्यधाम क्षेत्रमा बन्ने तीर्थस्थल,मणिमय मण्डप, राजगोपुरम विमान लगायतले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने श्रीनिवास दिव्यधाम सेवा समितिका महासचिव छविलाल खनियाले बताए।

श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्टमहाअनुष्ठानको तयारी समेत तिव्र पारिएको जानकारी दिए। अहिले महाअनुष्ठानका लागि आवश्यक पर्ने संरचना निर्माणको काम भइरहेको छ। महाअनुष्ठान लाग्ने श्रीनिवास दिव्यधाममै जन्मीएका स्वामी गोविन्दाचार्य दाहाल अध्ययरत तथा भगवद् भक्तिमा साधनरत रहेका बेला सो क्षेत्रमा भगवानको बास रहेको पत्ता लागेको विश्वास गरिएको छ। स्वामी गोविन्दाचार्यले नै वैदिक मंत्रोच्चरण तथा साधना शक्तिद्धारा अखण्ड बलबर्धन अग्निदेव भगवान प्रतिष्ठापन गरी धाम निर्माणको संकल्पमा जुटेका थिए। 
 

 

 
 
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस