सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ असार २७, ०८:०८ खबर संवाददाता

काठमाडौंः देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ।

पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन्। जसमध्‍ये ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशन र १२ जना आईसीयूमा छन्। यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस