सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको श्रीभावर–हाट सडकमा पहिरो खसेपछि...

२०७९ असार २७, १२:३६ खबर संवाददाता

बैतडीः लगातारको वर्षाले बैतडीको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा दुई घर जोखिममा परेका छन्। पुर्चौंडी नगरपालिका वडा नं ६ भूमीराजको भटेडी भन्ने स्थानमा पहिरो खसेको हो। पहिरोले स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका छन्। 

पहिरोले घरको आँगन बगाएको स्थानीयहरुले बताएका छन्। पानी पर्ने क्रम जारी रहेकाले पहिरोले थप क्षति निम्त्याउन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण समेत गरिएको छ।ढोल्यामोडबाट चार किलोमिटर दुरीमा सडकमा पहिरो खसेको र पहिरोले स्थानीयका दुई घर जोखिममा पारेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। आइतबार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बम लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुले सो ठाउँमा पुगेर प्रभावित परिवारलाई सहयोग गर्ने बताएका छन्। 

यस्तै पहिरोका कारण अवरुद्ध भएको सडक सुचारु गर्न लागि पहिरो पन्छ्याउने काम भइरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस