सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगाका ७ वडा एमालेले जित्यो ३ कांग्रेसले, कहाँ को निर्वाचित ? 

२०७९ असार २६, ०५:०४ खबर संवाददाता

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकाका ७ वडा एमालेले जितेको छ। १० वटा वडा रहेको बुढीगंगामा ७ वडाध्यक्षहरु एमालेबाट निर्वाचित भएका हुन्। यस्तै तीन वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। 

एमालेबाट वडा नं १ मा रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैशी, ९ मा मीनबहादुर सिंह र १० मा दलबहादुर साउँद वडाध्यक्षमा बिजयी भएका छन्। त्यस्तै नेपाली कांग्रेसबाट वडा नंं ४ मा मीनबहादुर शाह, ७ मा भुवन सिहं केसी र ८ मा रमेश बहादुर रावल नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन्। यहाँ मेयर र उपमेयर भने एमालेकै विजयी भएका छन्। 

बुढीगंगामा नगरपालिकामा १३ हजार ६५९ मतदाता रहेका छन्। यस पटक ९ हजार १२४ मत खसेको थियो। 
 

कमेन्ट लोड गर्नुस