बाजुराको बुढीगंगामा जित नजिक एमाले
धनगढी: बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार जित नजिक पुगेका छन्। पछिल्लो मत परिणामअनुसार अब करिब ५०० मत गन्न बाँकी छ।
एमालेका मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाएका छन्। ८६१७ मत गणना हुँदा एमालको मेयरका उम्मेदवार रामबहादुर खातीले ४५५५ मत पाएका छन् भने नेपाली काँग्रेसका रंगबहादुर खातीले ३५९७ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४४८० मत ल्याएकी छिन् भने काँग्रेसकी रिता शाहीले ३६०० मत मात्रै पाएकी छिन्। बुढीगंगामा जम्मा ९११७ मत खसेको थियो।