बाजुराको बुढीगंगा १० को अध्यक्षमा साउद विजयी
२०७९ असार २४, १०:४७
बाजुराः बुढीगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद विजयी भएका छन्। काँग्रेसका उम्मेदवार मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका हुन्।
विजयी साउदले ५ सय ४८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बुढाले ४ सय ८१ मत ल्याएका छन्।
कमेन्ट लोड गर्नुस