सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ 

२०७९ असार २४, ०७:१९ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका ४ बजार स्थित खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो। 

भिमदत्त २ का २८ वर्षीय लोकेश शाहलाई शंका लागी चेकजाँच गर्ने क्रममा  ०.८१ ग्राम खैरोहेरोईन र ०.५४ ग्राम चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

यस्तै गोप्य सूचनाको आधारमा भिमदत्त नगरपालिका ४ गल्ली नम्वर ५ मा रहेको रोशनी सिलाई सेन्टर भिमदत्त नगरपालिका १८ की ३१ वर्षीया सन्तोषी चौधरीलाई पसलमा ०.२० ग्राम खैरोहेरोईन बरामद गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस