सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकारलाई गोप्य सूचना दिएको आरोपमा दार्चुलामा कार्यरत हवल्दार जेलमा 

२०७९ असार २४, ०६:४२ खबर संवाददाता

काठमाडौंः दार्चुला सशस्त्र प्रहरी गणमा कार्यरत हवल्दारलाई थुनामा राखिएको छ। सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भइ हाल दार्चुलामा कार्यरत कार्यरत का.मु. वरिष्ठ  हवल्दार नरेशसिंह शाहु कारबाहीमा परेका हुन्।

संगठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोग उनलाई लागेको छ। उनले सशस्त्र प्रहरी ऐन¸२०५८ विपरीत गोप्य सूचना चुहाएको भन्दै सशस्त्र प्रहरी विषेश अदालतमा २२ असारमा मुद्दा दायर भएको सशस्त्र प्रहरीको प्रधान कार्यालय, हल्चोकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस