कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद
कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले अवैध सामान बरामद गरेको हो।
जिल्लाको कृष्णपुर नगरपालिका ५ बनदेवी सामुदायिक वन भित्र भारतबाट भन्सार छली ल्याइएका कोट पाइन्टको थान कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। १ लाख ५३ हजार ६ सय बराबरको थानको कपडा बरामद गरी भन्सार कार्यालय त्रिनगर कैलाली बुझाइएको प्रहरीले बताएको छ।