बाजुरामा भिरबाट लडेर पुरुषको मृत्यु
२०७९ असार २३, ०४:१२
बाजुरा: बाजुरामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–६ पन्धारा फल्लेतोला बस्ने ४५ वर्षीय हरिचन्द्र बिकको बुधबार साँझ लडेर मृत्यु भएको हो।
घरदेखि करिब ७ सय मिटर टाढा भिरपाटा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस