सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोना संक्रमण बढ्दै, आज कति जनामा देखियो?

२०७९ असार २१, ०४:२३ खबर संवाददाता

काठमाडौं: पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ। जसमध्ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन्।

यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस