काठमाडौंका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
काठमाडौंः काठमाडौंका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु फेला परेको छ। कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि हुनेको संख्या पनि १९ पुगेको छ।
काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ। इकोलाई मानिसको दिसामा हुने जीवाणु हो। यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ।
पाटन अस्पतालका मेडिकल विभागका प्रमुख तथा पेट रोग विशेषज्ञ डा. युवराज शर्मा काठमाडौं उपत्यकाको पानीका स्रोतहरुमा हैजाका जीवाणु रहेको बताउँछन्।