सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजेन्द्र लिङ्देन रोपाइँमा व्यस्त

२०७९ असार १९, १२:०० खबर संवाददाता

धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रोपाइँमा व्यस्त भएका छन्। झापास्थित हल्दिबारी–१ मा आफ्नै खेतमा अध्यक्ष लिङ्देन रोपाइँमा व्यवस्त भएका हुन्। 

उनले रोपाइँको फोटो् फेशबुकमा हालेर लेखेका छन्, ‘भुइँ नबिर्सने अभ्यासमा।’ असार १५ अर्थात् धान दिवसका दिन शीर्ष नेता तथा विभिन्न मन्त्रीहरूले सस्तो लोकप्रियताका लागि कसैले गमलामा धान रोप्ने त कसैले धानको बिउको माला लगाउने चर्तिकलासमेत गर्ने गरेका छन्। तर, यसरी फिल्डमै उत्रेर वास्तविक रोपाइँमा होमिएर लिङ्देनले नेता र कृषक दुवैको परिचय दिएका छन्।

कमेन्ट लोड गर्नुस