सुदूर नेपाललाई विश्वसँग जोड्दै

रासायनिक मल अभावका कारण डोटीका किसान चिन्तित

२०७९ असार १८, ०५:५९

डोटी: जिल्लामा रोपाइँ सुरु भए पनि रासायनिक मलको अभावका कारण किसानलाई समस्या भएको छ। यहाँका किसानले मलबिना नै रोपाइँ गर्न बाध्य भएका छन्।

समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित भएका छन्। किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रासायनिक मल पाएका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित भएका छन्। भारतबाट मल आयात नभएका कारण जिल्लामा मलको आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ।

प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ। निर्देशनालयका अनुसार जिल्लामा हालसम्म २५ प्रतिशत खेतमा मात्रै रोपाइँ भएको छ । रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी कर्णबहादुर कठायतले बताए।

कमेन्ट लोड गर्नुस