सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका योजना कार्यान्वयन गर्न कामदारको अभाव
युवा जनशक्ती विदेश पलायन भईरहेका वेला सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका काम गर्ने कामदारको अभाव हुन थालेको छ विकास निर्माणका विभिन्न आयोजनाहरु विभिन्न जिल्लाहरुमा सञ्चालन भईरहेका वेला काम गर्ने कामदारहरुको अभाव हुन थालेको हो। स्थानीय स्तरमा काम नपाईएको भन्दै विदेशिने युवाहरुको संख्या ठुलो रहेका वेला सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका काम गर्ने कामदारहरुको अभाव भएको हो। विकास निर्माणका विभिन्न कामहरुले तिव्रता पाएका बेला काम गर्ने कामदारहरुको अभाव हुन थालेको प्रादेशिक निर्माण व्यवसायी संघका अध्यक्ष मदन कुँवरले बताए।
उनका अनुसार सडक निर्माणसँगै स्तरोन्नति, ग्राबेल र कालोपत्रेको काममा स्थानीय कामदार शून्य जस्तै छन्। यहाँ भएको जनशक्ती पनि काम खोज्दै भारत सहित तेस्रो मुलुक पुग्ने र स्वेदशमै काम नगर्ने प्रवृत्तिका कारण स्थानीय मजदुर पाउन समस्या भएको हो। पुल, भवन निर्माण, सडक स्तरोन्नति, कालोपत्रे लगायतका काममा प्रमुख मिस्त्रीमा भारतीय नै रहेको निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रकाश सेठीले बताए।
संघीय सरकार प्रदेश सरकार र स्थानीय तहहरुले विभिन्न विकास निर्माणका आयोजनाहरु सञ्चालनमा रहेका छन्। एकै पटक धेरै कामदारहरु आवश्यक पर्दा पनि मजदुरहरुको अझ अभाव हुन थालेको हो। त्यसैले स्थानीयस्तरमै विकास निर्माणका कामहरुमा आवश्यक पर्ने जनशक्ती तयार पार्न कुनै पनि निकायले चासो नदेखाएको निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए।