आज तीन जनामा हैजा पुष्टि
२०७९ असार १७, ०६:२७
काठमाडौं: काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ। यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिन अनुसार तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ।
कमेन्ट लोड गर्नुस