बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध
२०७९ असार १७, ०२:३५
धनगढीः बाजुराको साँफ-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका १ बल्देमा पहिरो गएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो।
निरन्तरको वर्षाका कारण पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ।
कमेन्ट लोड गर्नुस