पार्टी एकतालाई टुङगोमा पुगाउने नेकपाका नेताहरुको दावी
नेकपा नेताहरुले पार्टी एकतालाई पूर्णता दिने दावी गरेका छन्। नेकपाको सुदूरपश्चिम प्रदेश कार्यक्रता भेलालाई धनगढीमा सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन्। पार्टी तल्लोतह सम्म एकता हुँन बाँकी रहेकाले विभिन्न समस्या देखिएको भन्दै एकतालाई पुर्णता दिने दावी गरिएको हो। भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताले तत्काल पुर्णता पाउने बताए। जनताले नेकपालाई विश्वास गरेर बहुमत दिएको भन्दै प्रधानमन्त्री ओलीले पाँच बर्षमा जनता विकासमा सन्तुष्ट हुने काम गर्नुपर्ने बताए। सामाजिक भत्तालाई कम्युनिष्टले सुरु गरेको दावी गर्दै उनले प्रतिवद्धता अनुसार त्यस्मा बृद्धि गर्ने आश्वास दिए।
पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पार्टी एकताले पूर्णता नपाएकै कारण गुट र फुटको हल्ला चलेको बताए। सरकार प्रति सुदूरपश्चिमका जनताले धेरै गुनासो गरेको बताउँदै उनले त्यस्मा नेकपा सरकार अव खरो उत्रिनुपर्ने बताए। उनले जनताले विश्वास गरे अनुसार नेकपाले काम गर्न नसकेको भन्दै सजक हुन आवस्यक रहेको बताए। निर्वाचनका समयमा उठाएका साना तर जनतासंग जोडिएका मुद्दाहरुलाई समाधन गर्नु पर्नेमा उनको जोड छ।
कार्यकर्ता भेलामा महासचिव विष्णु पौडेल, नेता भिम रावल, लेखराज भट्ट, कर्ण थापा, प्रतिनिधि सभाहका सदस्यहरु, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका मन्त्रीहरु तथा प्रदेश सभा सदस्य सहित नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो। उनीहरुले पार्टी एकतालाई टुङगोमा लगाउनपर्नेमा जोड दिएका छन्। नेकपाका नेताहरुले सुदूरपश्चिमको विकासका लागि स्थानीय सरकार, प्रदेश र संघले एकजुट भएर काम गर्नुपर्ने पनि बताएका हुन्।