सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको शिखर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा

२०७९ असार १६, ०४:३८ खबर संवाददाता

धनगढीः डोटीको शिखर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको छ। नगरपालिकाले २०७८ चैत मसान्तसम्म १६ देखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप पाएको सुनिश्चित भएपछि पूर्णखोपयुक्त नगरपालिका घोषणा गरिएको हो। 

जिल्लाका सबै स्थानीय तहमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान संचालन भइरहेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीले जनाएको छ। बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिना भित्रका बच्चाहरुलाई १४ वटा रोगविरुद्धमा ९ वटा खोपहरु लगाउने अभियान थालिएको हो। यसअघि जिल्लाको बोगटान फुड्सिल गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भइसकेको छ।

कमेन्ट लोड गर्नुस