सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

२०७५ फाल्गुन ८, ०३:०७ प्रकाश सिंह

बाजुराको गौमुल गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ। गौमुल गाँउपालिका–१ अन्द्राणीकी २२ बर्षिया अन्जना बोहराको साल अड्किएपछि बुधवार उपचारको लागि हेलिकप्टर मार्फत काठमाडाँै लगिएको छ। उनलाइ सेनाको हेलीकप्टर मार्फत लगीएको छ।

साल नझरेर रगत बगेपछि गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाको पहलमा हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हो। उनको रगत धेरै बगिसकेकोले जिल्ला अस्पतालमा पनि उपचार गर्न सम्भव नभएकाले काठमाडौ पठाईएको गाउँपालिका अध्यक्ष हरी रोकायाले बताए।

‘सुत्केरीको रगत धेरै बगेको छ २ दिन भयो बोल्न समेत सकेकी छैनन् आफन्त राम बहादुर बोहराले बताए। हामी सबै परिवार निराश थियौँ, अस्पताल जान २ दिन लाग्छ उनले भने। हेलिकप्टर आयो भन्दा हामी अलि खुसी भयौँ अब ज्यान जोगिन्छ की भन्ने आशा रहेको आफन्त अर्जुन रोकायाले बताए। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस