सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस दार्चुलाका उपसभापति ठगुन्ना माओवादीमा प्रवेश

२०७९ असार १५, १२:११ खबर संवाददाता

दार्चुला:  नेपाली कांग्रेस दार्चुलाका उपसभापति ललित  ठगुन्ना नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। ठगुन्नालाई बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन्। 

माओवादी पृष्ठभूमिबाट आएका उनी पछि कांग्रेस प्रवेश गरेका थिए। आजै विप्लवको साथ छाडेका ओमप्रकाश पुनसहित ६७ जना सदस्य माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

कमेन्ट लोड गर्नुस