धनगढीमा गाँजामाथिको प्रतिबन्ध हटाउन हस्ताक्षर संकलन अभियान
२०७९ असार १२, १२:२०
धनगढीः सरकारले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै राख्दै धनगढीमा हस्ताक्षर अभियान थालिएको छ। नेपाल गाँजा वैधानिकता महाअभियान सुदूरपश्चिम प्रदेश समितिले हस्ताक्षर संकलन अभियान थालेको हो।
गाँजालाई देशको आयआर्जनको माध्यम बनाउनुपर्ने अभियानका अभियन्ताहरुको माग छ। गाँजालाई सरकारले खुला गर्नुपर्ने उनीहरुको भनाइ छ। १० लाख हस्ताक्षर संकलन गर्ने उनीहरुको लक्ष्य छ। उनीहरले धनगढी लगायत प्रदेशका विभिन्न स्थानहरुमा दवाबमुलक कार्यक्रम पनि गर्ने जनाएका छन्।
कमेन्ट लोड गर्नुस