सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्तो रहला आजको मौसम?

२०८१ वैशाख १७, ०७:१२ खबर संवाददाता

धनगढीः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी , मधेस र कोशी प्रदेशका केही र बाँकी भू–भागको थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।
 

कमेन्ट लोड गर्नुस