सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीेमा व्यवस्थित आर्यघाट नहुँदा समस्या

२०७५ फाल्गुन ७, १२:३७ रोशन भट्ट

धनगढीे उप–महानगरपालिकाको वडा नम्बर ३ मा पर्ने स्थानलाई आर्यघाट तोकेको भएपनि वडा नम्बर २ मा शवको अन्तिम संस्कार गर्ने गरिएको छ । मोहना नदी छेउमा पर्ने स्थानमा शव जलाउने कार्य भईरहेको छ । वैधानिक रुपमा सहमति गरेर उप–महानगरपालिकाले वडा नम्बर ३ मा शवको अन्तिम संस्कार गर्ने स्थान छनोट गरेको भएपनि अधिकांश शवहरु वडा नम्बर २ को वस्ती नजिकै अन्तिम संस्कार गर्ने गरेको स्थानीयको गुनासो छ । आर्यघाटबाट वस्ती नजिक भएकाले सरोकारवाला निकायलाई यो समस्याको सामधान गरिदिन स्थानीयले आग्रह गरेको भएपनि उप–महानगरपालिकाले वास्ता नगरेको स्थानीयले बताएका छन । टोलको विच भागबाट शव लैजाने गरेकाले तत्काल अलग बाटो बनाउनु पर्ने माग पनि स्थानीयको रहेको छ । 

धनगढी उप–महानगरपालिकाको वडा नम्बर २ र ३ का केही वस्तीहरु मोहना नदीको नजिक पर्ने गर्दछन । उप–महानगरपालिका भित्रका अधिकांश निधन भएकाहरुको शव अन्तिम दाह संस्कारका लागि मोहना नदी पु¥याईन्छ । उप–महानगरपालिकाले वडा नम्बर ३ मा स्थानीयको सहमतिमा नै आर्यघाट तोकेको छ । तर अधिकांश शवहरुको अन्तिम दाह संस्कार भने वडा नम्बर २ मा पर्ने हुने गरेको वडा नम्बर २ का स्थानीय प्रविन नेपालीले बताए । नगरपालिकाले नै वडा नम्बर ३ लाई शव जलाउने ठाउँ अर्थात आर्यघाट तोकेको भएपनि अधिकांश शवहरु वडा नम्बर २ जलाउने गरेको भएपनि नगरपालिकाले नियमन नगरेको भन्दै स्थानीय आक्रोसित भएका छन । शव जलाउने ठाउँ  अव्यवस्थित भएकाले थप त्यसको दुगन्र्धले स्थानीयहरु समस्यामा परेका छन । कतिपयले शवहरुलाईलाई राम्रोसँग नजलाउने गरेकोले पनि दुर्गन्धका साथै अन्य समस्या पनि आउने गरेको स्थानीय सुरेन्द्र शाहले बताए । 

वडा नम्बर २ को मोहना नदीमा शव जलाउने गरेको भएपनि वडा नम्बर ३ लाई आर्यघाट तोकिएको त्यहाँ व्यवस्थित रुपमा शवल जलाउने व्यवस्थ ागर्न पनि स्थानीयले सरकोरकारवालाको ध्यानाकर्षण गराएका छन् । टोलको विच सडक भएर लैजाने गरेकोमा शव लैजाने बाटो परिवर्तन गर्न वडा नम्वर २ कै स्थानीय जीवलाल उपाध्यायले माग गरे । स्थानीय तहको निर्वाचनमा जन प्रतिनिधिहरुले व्यवस्थित आर्यघाटको नारा लगाएका थिए । तर अहिलेसम्म पनि त्यसका लागि पहल हुन सकेको छैन । स्थानीय नगरवासीहरु जन प्रतिनिधिको आश्वासन पुरा हुने हो की फेरि अर्को निर्वाचनमा यही नारा दोहारिने हो त्यसको पर्खाईमा छन् । 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस