सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु 

फाइल फोटो
फाइल फोटो
२०७९ असार ८, १०:३० खबर संवाददाता

धनगढी: कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ८०७५ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री वेदकोट नगरपालिका-७ की २८ वर्षीया विमला जोशीको मृत्यु भएको प्रहरीले बताएको छ।

उनलाई सडक पार गर्दै गर्दा वेदकोट-७ स्थित पूर्वपश्चि राजमार्गमा बसले ठक्कर दिएको बताइएको छ। बस चालक भीमदत्त नगरपालिकाको वनगाउँका ४० वर्षीय राजेन्द्रप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले बताए। 

कमेन्ट लोड गर्नुस