सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फेसन हण्टको नाममा ठगी

२०७५ फाल्गुन ६, ०८:३४ कमल सावद

सुदूरपश्चिममा कला, सस्कृतीलाई उजागर गर्दै नव प्रतिभाहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले आयोजना गरिने बिभिन्न प्रतिभा मुलक कार्यक्रमहरु बढ्दै गएको ठगी जारी छ। विभीन्न पुरुस्कार दिने र कला क्षेत्रमा अबसर मिलाईदिने बाचा गरेपनि आयोजकहरु प्रतियोगीता सकीएपछि सम्पर्क विहीन हुने तथा आफन्त र बढि रकम दिनेलाई विजेता बनाउने परिपाटी मौलाएको हो। 
यस्तै पछिल्लो समय धनगढीमा आयोजना भएको फेसन हण्टको नाममा ठगी भएको आरोप लागेको छ। धनगढीमा सञ्चालन भएको मिस्टर एण्ड मिसेस फेसन हण्डका सहभागिहरुले आफुहरु ठगेको गुनासो गरेका हुन्। प्रतियोगितामा करुणा निरौला र रवि विष्ट विजेता भएका छन्। एक मिहना देखि धनगढीमा सञ्चालन भइरहेको फेसन हण्टमा सहभागिले २ हजार देखि ५ हजार आयोजकलाई बुझाएको आयोजक बताउँछ भने सहभागिहरु एक व्याक्तीको २५ देखि ३५ हजार खर्च भएको बताईरहेका छन्। 

सुदूरपश्चिममा प्रतिभामुलक सौन्दर्य प्रतियोगिताको नाममा ठगी नरोकिएको हो। बढि रकम दिएको र आफन्त, नातागोता भएकै कारण आयोजकले विजेता घोषणा गरेको भन्दै धनगढीमा आयोजना भएको फेसन हण्टका सहभागी पनि विरोधमा उत्रिएका छन्। सहभागिहरुबाट आयोजकले बढि भन्दा बढि रकमका लागि मोलमोलई गरेको सहभागि मध्ययका एक हिमान्स बोहराले बताए।
आयोजकले प्रतिस्पर्धीबाट फाईनल कार्यक्रमको टिकट पनि विक्री गराउने गरेको छ। टिकट विक्री नगरे प्रतियोगिताबाट बाहिरीनुपर्ने हुन्छ। फेसन हण्टमा पनि सहभागिहरुले भोटिङको समेत गणना नभएको बताएका छन्। ईजिकार्डबाट आएको भोट र खरिद गरेको भोटको पनि कुनै मुल्यंकन नभएको उनीहरुको आरोप छ। 
निस्पक्ष र प्रतिभा प्रस्फुटनको उद्येश्य राखेर प्रतियोगिता गरे फाईदा हुने भएपनि ठगी गर्ने प्रवृतीका साथ यस्ता कार्यक्रम हुँदा समस्या बढिरहेको धेरैको भनाई छ। सहभागीहरुको क्षमता भन्दा पनि पक्षपाती ढङगले विजेताको टुङगो लगाईने र प्रतियोगिताहरु आयोजना गर्दा रकम कुम्ल्याउनेहरु सक्रिय भएको आरोप सहभागीहरुको छ। 
आयोजकले एक जनाबाट २, ३ र ५ हजार मात्र रकम लिएको दावी गरेको छ। सहभागिहरुले २५ देखि ३५ हजार खर्चेको बताउने गरेका छन्। सहभागिहरुले आयोजकले अब कुनै पनि यस्ता क्रियाकलाप धनगढीमा सञ्चालन गर्न नपाइने र सहभागिहरुबाट भएको खर्च फिर्ता पाउनु पर्ने माग गरेका छन्।

तर आयोजक रोयल फिल्म एण्ड आर्टसका सञ्चालक दिपेन्द्र चन्दले सस्थालाई बन्दनाम गर्न खोजिएको बताए। आयोजकले फाईनलमा चर्चित ¥यापर लाहुरेलाई ल्याउने भन्दै धनगढी बजारमा पम्पलेट समेत वितरण गरेको थियो। अत्यमा लाहुरेको समेत कार्यक्रममा सहभागिता नरहेकाले आयोजले ठगेको आरोप सहभागीहरुको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस