सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम स्थगित

२०७९ असार ४, ०२:३२ खबर संवाददाता

काठमाडौं: त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगीत गरेको छ।  अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो।

सरकारले स्वास्थ्य बिमा बापतको रकम भुक्तानी नगरेकोले बीमा कार्यक्रम स्थगित गरेको अस्पतालले जनाएको छ।  अस्पतालले जारी गरेको सुचनामा भनिएको छ,'मिति २०७७ मंसिर महिना देखि यस अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत बिमितहरुको उपचार सेवा प्रदान गरेवापत नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले यस अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम हालसम्म भुक्तानी नगरेकाले मिति २०७९ असार १५ गते देखि अर्को सूचना प्रकाशित नहुनजेलसम्म स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको छ।' 

 

कमेन्ट लोड गर्नुस