बुर्किना फासोमा आक्रमणमा परेर कम्तीमा ५० को मृत्यु
काठमाडौंः उत्तरी बुर्किना फासोमा शंकास्पद जिहादीहरूले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ। शनिबार राति सेटेंगा गाउँमा हमला भएपछि सेनाले अहिलेसम्म ५० शव फेला पारेको सरकारी प्रवक्ता लियोनेल बिल्गोले जानकारी दिएका छन्।
जनवरीमा सैनिक विद्रोहपछिको यो सबैभन्दा रक्तपातपूर्ण झडपहरू मध्येको एक हो भन्दै उनले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्। ईयूले आक्रमणमा १ सय भन्दा बढी नागरिक पीडित भएको हुनसक्ने बताएको छ।