सुदूर नेपाललाई विश्वसँग जोड्दै

लक्ष्मी बैंकले ८.५० प्रतिशत बोनस सेयर वितरण गर्ने

। फोटो स्रोत ।
२०७५ फाल्गुन ५, ०४:४६ खबर संवाददाता

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद आचार्यको अध्यक्षतामा सोमबार बसेको बैंकको १८ औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी रु. ८ अर्ब ९२ करोड पुगेको छ। साधारण सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष ०७४(०७५ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। यसका अतिरिक्त साधारण सभाले बैंकको व्यवसाय विस्तार गर्न सेयर तथा डिबेन्चर अन्डरराइट गर्ने लगायत विविध वित्तीय कारोबार गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ। आव २०७४(७५ मा रु. ६५.५६ अर्ब निक्षेप र रु. ६२.६५ अर्ब कर्जा पु(याएको यस बैंकको वासलातको आकार रु ८१ अरब छ । सोही आवमा बैंकले १ अर्ब १८ करोडखुद मुनाफाआर्जन गर्न सफल भएको छ। 
यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन्। सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ। तुलनात्मक रूपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु(याउने एक प्रमुख बैंकिङ सेवाप्रदायकको रूपमा बंैक अगाडि आएको छ। उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधिलगायत उत्तम व्यवस्थाप नभएको बैंकको रूपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित रहेको पनि बैंकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस