सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्सेमा पाँच कम्पनीका सेयर सूचीकृत

। फोटो स्रोत ।
२०७५ फाल्गुन ५, ०४:२६

धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका सेयर सूचीकृत भएका छन्। 
नेपाल स्टक एक्सचेञ्जकाअनुसार एनसीसी बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर सूचीकृत भएका छन्। यस्तै जानकी फाइनान्स लिमिटेडको ८ लाख ८७ हजार ४६६ कित्ता सेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता सेयर लाभांश सूचीकृत भएको छ। स्टकका अनुसार बेस्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ कित्ता सेयर लाभांश र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता सेयर लाभांश सूचीकृत भएको छ। साताभर सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक १४.६५ बिन्दुले घटेको छ। यस्तै यस साता एभरेष्ट बैंकको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ। सो बैंकको १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भयो। यस्तै दोस्रोमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको रु. ६२ लाख बराबरको कारोवार भएको छ। यस्तै प्रभु बैंक, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, प्रभु बैंक लिमिटेको संस्थापक सेयर, नेपाल बैंक लिमिटेड र माछापुच्छ्रे बैंकको सेयर बढी कारोबार भयो। बजार पुँजीकरणमा भने नेपाल टेलिकम नै अग्रस्थानमा छ। सो संस्थाको रु. १ खर्ब ४ अर्ब २५ करोड बराबरको बजार पुँजीकरण रहेको छ। यस्तै नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंक र एनएमबी बैंक छन्। रासस
 

कमेन्ट लोड गर्नुस