सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

२०७९ जेठ २६, ०९:२८

काठमाडौंः सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइएको छ। भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको हो।

घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन्। जसमध्ये आरोपि सुनील उरावको मृत्यु भएको छ भने अर्का आशिष उराव गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

घटनापछि गाउँ तनावग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस