कञ्चनपुरका एक पुरुष मृत फेला
कञ्चनपुर: कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। सोमबार जिल्लाको बेदकोट नगरपालिका–७ सुडाका ३५ वर्षीय हिक्मत बम मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मानसिक अवस्था ठिक नभएको बताइएको उनको शरीरमा कुनै चोटपटक नलाएको प्रहरीले बताएको छ। बमको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।