सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर पुनर्वासकी बालिका बेपत्ता 

२०७९ जेठ २३, ०३:४१ खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुनर्वासकी एक बालिका बेपत्ता भएकी छन्। पुनर्वास नगरपालिका वडा नम्बर ४ का ग्रिहेन्द्र थापाकी १४ वर्षीया छोरी शिवानी थापा बेपत्ता भएकी हुन्। उनी परिवारका साथमा चितवनबाट बसमा कञ्चनपुर फर्कने क्रममा आज (सोमबार) बिहान ५ः ३० बजेदेखि बेपत्ता भएको आफन्तले बताएका छन्। 

उनी चितवनबाट बसमा कञ्चनपुर फर्कने क्रममा कोहलपुरमा पिसाब गर्न बसबाट उत्रिएकी थिइन्। त्यस बेलादेखि उनी बेपत्ता भएको बताइएको छ। यता प्रहरीले पनि अनको खोजी गरिरहेको जनाएको छ। उनलाई कतै फेला पारेमा प्रहरीलाई सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्। 

कमेन्ट लोड गर्नुस