कञ्चनपुरमा यात्रुलाई सर्बत पानी
२०७९ जेठ २३, ११:२०
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकामा स्थानीय युवाहरुले यात्रुहरुलाई सर्बत पानी वितरण गरेका छन्। गर्मी बढेसँगै उनीहरुले बाटोमा हिँडिरहेका र विभिन्न सवारी साधनमा सवार यात्रुहरुलाई सर्बत पानी वितरण गरेका हुन्।
आईतबार पुनर्वास नगरपालिका–५ आईबीआरडीस्थित धनगढी जोड्ने सडकखण्डमा स्थानीय युवाहरुले यात्रुहरुलाई सर्बत पानी वितरण गरेका थिए।
कमेन्ट लोड गर्नुस