सुदूरपश्चिम महोत्सवमा साढे तीन करोडको कारोवार, पौने दुई लाखद्वारा अवलोकन
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा शुक्रवार सम्म साढे तीन करोड बढिको कारोवार भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टका अनुसार २१ गतेदेखि सुरु भएको महोत्सव अन्तरगत शुक्रवार सम्म साढे तीन करोड बढिको कारोवार भएको हो। यस्तै सुदूरपश्चिम महोत्सवलाई अहिले सम्म पौने २ लाख बढिले अवलोकन गरेको पनि आयोजक उद्योग वाणिज्य संघले दावी गरेको छ। यो अवधीमा ३५ लाखको टिकट विक्री भएको छ। महोत्सव भोली समापन हुने छ।