सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राजिलमा रोकिएन वर्षा र बाढी, १२६ जनाको मृत्यु

२०७९ जेठ २०, ०८:१० रासस

काठमाडौंः ब्राजिलमा गत हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन। अविरल वर्षाका कारण त्यहाँ ठूलो क्षति पुगेको छ। ब्राजिलको उत्तरपूर्वी पर्नाम्बु राज्यमा वर्षाको प्रभाव बढी परेको छ। गत सातादेखि परेको भीषण वर्षाका कारण त्यहाँ मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन्।

बाढीका कारण कम्तिमा ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन्। त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु¥याएको छ। उक्त राज्यमा  सयौँ घर  भासिएका छन्। उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ।

पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन्। यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए । पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन्।

कमेन्ट लोड गर्नुस