सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पेनमा सेक्स अघि महिलाले ‘हुन्छ’ भन्नु जरुरी, चुप बसे वा विरोध नगरे पनि बलात्कार मानिने

२०७९ जेठ २०, ०५:५५ खबर संवाददाता

स्पेनको संसद्को तल्लो सदनमा एउटा विधेयक पारित भएको छ। यस विधेयकका अनुसार स्पेनमा पीडितले अब आफूमाथि बलात्कार भएको प्रमाणित गर्नुपर्दैन।

यदि महिलाले यौन कार्यमा स्पष्ट सहमति दिएको छैन भने त्यो बलात्कार मानिनेछ। मौन बस्नु वा विरोध नगर्नुलाई सहमति मानिने छैन। यो विधेयकलाई ‘ओन्ली यस मिन्स यस’ भनिएको छ। तल्लो सदनबाट पारित भएपछि अब स्पेनको सिनेटमा पेस गरिने छ।
 

कमेन्ट लोड गर्नुस