सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा-दीपायल सडकखण्डमा एक पुरुष मृत फेला 

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ जेठ २०, ०७:५३ खबर संवाददाता

धनगढी: डडेल्धुरा-दीपायल सडकखण्डमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको गन्यापधुरा गाउँपालिका-३ सकायलस्थित डडेल्धुरा-दीपायल सडकखण्डमा गन्यापधुरा-३ कै अन्दाजी ४५ वर्षीय भल्लु दमाई मृत फेला परेका हुन्।

उनको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनी गएराति साढे १२ बजेतिरको समयमा सडकमा मृत भेटिएका प्रहरीले बताएको छ। ठक्कर दिने सवारी साधन के हो भन्ने नखुलेको र खोजतलास भइरहेको जनाइएको छ। मृतक दमाईको मानसिक अवस्था ठिक नभएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस