भारत–बङ्गलादेश तेस्रो रेल सेवा सुरु
भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ। दुवै देशका अधिकारीले झन्डा फहराएर द्विदेशीय रेल सेवाको सुरुआत गरेका छन्।
पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद नुरुल इस्लामले आ–आफ्नो देशका झन्डा फहराएर सेवा सुरु गरेको हो।
भारत–बङ्गलादेश रेल सेवाबाट दुई देशबीचका नागरिकको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएकोे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मिताली एक्सप्रेसको गएको मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा उद्घाटन गरेकोे थियो तर कोभिड–१९ महामारीका कारण सेवा सुरु हुन सकेको थिएन।