सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चलनचल्तीका सडकको दुरवस्था

२०७५ फाल्गुन ३, ०६:५७ नवराज पनेरु

धनगढीको मुख्य बजारको सडकपछि सबैभन्दा बढि आवतजावत हुने सडक हो चटकपुरदेखि–क्याम्पसरोड जोड्ने सडक। उक्त सडक क्षेत्रीय सहरी विकास अयोजना अन्तरगत निर्माण हुने भन्दै मर्मतको समेत योजना नराखेको उप–महानगरपालिकालाई बर्षाै भइसकेको छ। ठुलै खाल्डो परे पुर्ने काम मात्रै उप–महानगरपालिकाले गरिदिने गरेको छ। जस्ले गर्दा उक्त सडकमा हिउदैमै हिलाम्य भएर आवतजावत गर्न कठिन हुन थालेको स्थानीय तर्कराज जोशीले बताए। 

धनगढीमा चलनचल्तीको अर्को सडक हो, भन्साररोडदेखि एनएनचोक जोड्ने सडक। उक्त सकडको पनि अहिले दुरवस्था भएको छ। कुनै समयमा उक्त सडक कालोपत्रे थियो भन्न पनि नसकीने गरि सडक विग्रिएको स्थानीय विष्ण जोशीले बताईन्। तर उक्त सडकमा पनि उप–महानगरपालिकाले अहिले मर्मतको योजना राख्न छोडेको छ। जस्ले गर्दा उप–महानगरवासीलाई आवतजावतमा सास्ती हुन थालेको छ। 

चलनचल्तीका अन्य सडकमा पनि मर्मत गर्दा खाल्डाखुल्डीमा टालो हाल्ने मात्रै काम गर्ने उप–महानगरपालिकाले गरेको छ। त्यस्मा पनि कन्जुसाई हुँदै आएको छ। तर केहि सिमित व्यक्तीका घरहरुलाई लक्षित गर्दै निर्माण गरिएका सडकमा एउटा, दुइृटा खाल्डा पर्दा समेत उप–महानगरपालिकाले मर्मतका नाममा सिङगो सडक नै कालोपत्रे गर्ने गरेको छ। चलनचल्तीका सडकको दुरवस्था र अन्य तीनै सडकसंग जोडिएका उपशाखा सडकहरु कालोपत्रे हुन थालेपछि स्मार्ट उप–महानगरपालिकाले विकासको नयाँ मोडेल बनाएको आरोप पनि लाग्दै आएको छ। 

उप–महानगरपालिकाले भने क्षेत्रीय सहरी विकास आयोजनमा परेका सडकहरुमा ठुलो लगानी गर्नुको औचित्य नहुने बताउँदै आएको छ। उप–महानगरपालिकाकै उदासिनताले एसियाली विकास बैंकको ऋण सहयोगमा लागु भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयनमा ढिलाई भएका बेला चलनचल्तीका सडकहरुको अवस्था दयनिय भएपछि पैदल हिड्न पनि समस्या हुन थालेको छ। यद्यपी सामान्य मर्मत भने भईरहेको दावी उप महानगरपालिकाले गरेको छ। तर आवतजावतमा सहजता हुने किसिमले मर्मत भने गरिएको छैन्। उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने सामान्य मर्मत भईरहेको दावी गरे। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस