सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा साहित्यिक महोत्सवको रौनक

२०७९ जेठ १४, ०३:०२ खबर संवाददाता

दार्चुलाः दार्चुलामा दुई दिने बृहत साहित्यिक महोत्सवले रौनकता छाएको छ। दार्चुला साहित्य समाजको आयोजनामा शुक्रबारदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको आँगन जिल्ला सदरमुकाम खलंगामा साहित्यिक महोत्सव सुरु भएको हो।

अमेरिकास्थित तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षतामा सुरु भएको महोत्सवमा देशकै चर्चित साहित्यकारहरुका साथै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा अम्मरराज जोशी, महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरलगायत जनप्रतिनिधि, समाजसेवी, साहित्यप्रेमी, बुद्धिजिवस्हरुको उपस्थिति छ। 

महोत्सवमा जिल्लाका नौँ वटै स्थानीय तहका मौलिक संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार, लेखक तथा प्राज्ञहरुको उपस्थितिले दार्चुलाको वातावरण साहित्यमय बनेको महोत्सवमा सहभागिहरुले बताए। 
 

कमेन्ट लोड गर्नुस