सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भिरबाट लडेर एक पुरुषको मृत्यु 

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ जेठ १४, ०८:०७ खबर संवाददाता

धनगढी: अछाममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार जिल्लाको ढकारी गाउँपालिका-८ पैयाँसेनका अन्दाजी ३९ वर्षीय जगतनाथ उपाध्याय भिरबाट लडेर घाइते भएका थिए।

उनलाई उपचारका लागि स्वास्थ्य चौकी कमलबजार लगिएको थियो। अस्पतालले चेकजाँच गरी उपाध्यायलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए।  

कमेन्ट लोड गर्नुस