कञ्चनपुरमा टिपरको ठक्करबाट एकजना गम्भीर घाइते
कञ्चनपुर: कञ्चनपुरमा टिपरले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ६ सुकासालमा से१क २६७ नम्बरको टिपरले भारतीय नम्बर प्लेटको युके ०७ वाइ ६३४६ मोटरसाइकललाई ठक्कर दिएको हो।
भिमदत्त नगरपालिका ७ हल्दुखाल बस्ने ५२ वर्षीय गोरखबहादुर सिंहले चलाएको टिपरले ठक्कर दिँदा भारतको खटिमा बस्ने मोटरसाइकल चालक जहरी खाल गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको माहाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।