सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने युवक प्रहरीको नियन्त्रणमा 

फाइल फोटो
फाइल फोटो
२०७९ जेठ १३, १०:३५ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका-३ का १९ वर्षीय कविराज भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

उनले वेदकोट नगरपालिका-९ का १८ वर्षीय सुनिल विष्टमाथि खुकुरी प्रहारको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। प्रवक्ता शाहका अनुसार महेन्द्रनगर बजारको गल्लि नम्बर ५ मा विष्टमाथि खुकुरी प्रहारको प्रयास भएको थियो। प्रहरीले सो विषयमा अनुसन्धान भइरहेको बताएको छ। 
 
 

कमेन्ट लोड गर्नुस